मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा केशव कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले आफ्ना प्रतिस्पर्धी विरेन्द्र मिश्रालाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका श्रेष्ठ संघीयता पश्चात गठन भएको क्षेत्र नं. २ मा पनि क्षेत्रीय सभापति हुनुहुन्थ्यो । जिल्ला पार्टीका प्रवक्ता समेत रहनुभएका मिश्रालाई श्रेष्ठले क्षेत्रीय सभापतिमा पराजित गर्नुभएको हो ।
तीन प्रतिनिधिसभा रहेको जिल्लाको दुई क्षेत्रको मतपरिणाम भने आइसकेको छ । बुधबार भएको क्षेत्रीय अधिवेशनको मतगणना क्षेत्र नं. २ मा भने विहीबार राति सकिएको हो ।
सभापतिमा निर्वाचित श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलको हुनुहुन्थ्यो ।
प्रतिक्रिया