मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको जिल्ला स्तरिय भेला मंसिर २३ गते चन्द्रौटामा हुनेभएको छ । चन्द्रौटाको दुर्गा मन्दिर परिसरमा हुने भेला सफल पार्न एकीकृत समाजवादीले विभिन्न समिति गठन गरेको छ ।
जसमा यातायात व्यवस्थापनमा क्षेत्र नं. १ का इन्चार्ज नेत्रलाल खनाल, क्षेत्र नं. २ का इन्चार्ज गीता अञ्जान र क्षेत्र न. ३ को इन्चार्जमा ओमप्रकाश कुर्मी रहनुभएको छ ।
यस्तै स्वयमसेवक परिचालनमा युवा संघ नेपाल कपिलवस्तुका अध्यक्ष कृष्ण कार्की संयोजक, पिपुल भोलेन्टियर्सका जिल्ला अध्यक्ष विष्णु भट्टराई सह-संयोजक र अनेरास्ववियूका जिल्ला अध्यक्ष दिपक अनुरागी सदस्य रहनुभएको छ ।
सांस्कृतिक समितिमा असिम कडेंल क्षेत्री, चन्द्रकान्त न्यौपाने, दिपक अनुरागी, शान्ति, सुरक्षा व्यवस्थापनमा विनोद भट्टराई, अजय पाण्डे, कृष्ण कार्की, झण्डा व्यानर निर्माणमा सर्वेन्द्रदेव खनाल, दिपक अनुरागी र सन्तोष पाण्डे रहनुभएको पार्टीको प्रचार विभागले जनाएको छ ।
यस्तै मंगलबार बसेको पार्टीको सचिवालय बैठकले संगठन विभाग प्रमुख सर्वेन्द्रदेव खनाललाई लुम्बिनी प्रदेशको स्कूल विभागमा पठाउने, विभागको प्रमुखमा पार्टी उप–सचिव ओमप्रकाश कुर्मी, सदस्यहरुमा कमल भट्टराई, सरोज पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रतिक्रिया