९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

म अघि बढिसकेँ, अध्यक्षबाट ब्याक हुन्न : भीम रावल



काठमाडौं।
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अध्यक्ष पदका लागि गरेको उम्मेदवारी घोषणाबाट आफू ब्याक नहुने बताएका छन्। विभिन्न लक्ष्य र मान्यतासहित अध्यक्ष पदमा लड्ने तयारी गरिसकेको बताउँदै उनले कोही कसैले भन्दैमा आफू त्यसबाट ब्याक नहुने बताएका हुन्।

यसैबीच, उनले नेकपा एमालेको आसन्न महाधिवेशनमा कसैको पनि प्यानल नरहने स्पष्ट पारेका छन्। कसैले पनि प्यानल नबनाउने भन्ने पार्टीको निर्णय अनुसार आफू अगाडि बढेको बताउँदै रावलले ओलीसँग प्यानलविहीन प्रतिस्पर्धा गर्ने बताए। उनले ओलीले प्यानल बनाए आफूले पनि प्यानल बनाएर नै अगाडि बढ्ने स्पष्ट पारेका छन्।

कुनै पनि प्यानल नबनाई एक्लै उम्मेदवारी घोषणा गरेका रावलले पार्टीमा प्यानल नबनाउने नीति रहेकाले एक्लै उम्मेदवारी घोषणा गरेको बताए । अध्यक्ष पदमा रावलले गरेको उम्मेदवारी घोषणा फिर्ता गर्नुपर्ने केही नेताहरुले बताउँदै आएका छन्। तर रावलले भने कसैले भनेकै भरमा आफूले गरिसकेको घोषणा फिर्ता नगर्ने अडान लिएका छन्।

नेकपा एमालेको आसन्न महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली सर्वसम्मत दोहोरिने चर्चा चलिरहेका बेला रावलले उम्मेदवारी घोषणा गरेर ओलीलाइ चुनौति दिएका हुन्। यद्यपि, अध्यक्ष ओलीले भने रावलको उम्मेदवारी घोषणा कुनै चुनौतिको विषय नभएको बताउँदै आएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०७८ बुधबार ००:००  ६ : ०७ बजे