काठमाडौं ।
सत्तारूढ दल नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्।
बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेएका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताएका हुन्।
उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताए। अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भए पनि गठबन्धनलाई कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको बताए।
अध्यक्ष दाहालले भने, ‘अदालतभित्र अहिले जे समस्या देखिएको छ, त्यो पक्कै पनि राम्रो कुरा होइन। त्यसकारण हामीले गठबन्धनको तर्फबाट पाँचवटै पार्टीको यसमा गम्भीर ध्यानाकर्षण भएको छ, यसको छिटोभन्दा छिटो समाधान हुनुपर्छ भन्ने हामी ठान्दछौँ। उनले थपे, आजभोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर जरुरी परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानको लागि के सहयोग गर्छौँ।
राष्ट्रियसभामा मिलेर जान्छौँ
अध्यक्ष दाहालले ५ दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताए।
उनले गढबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रियसभामा खाली १९ सिटको चुनाव मिलेर लड्ने पनि बताए। अध्यक्ष दाहालले प्रतिनिधिसभाको उपचुनाव र प्रदेशसभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिस्पर्धा गर्ने बताए।
अध्यक्ष दाहालले भने, ‘अर्को कुरा ५ दलीय समन्वय समिति भनेर एउटा उच्चस्तरमा एउटा संयन्त्र बनाएका छौँ, त्यो सरकारभन्दा माथि होइन, सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरुले आपसी समझदारी, सहमतिमा चल्छन्ु उनले अगाडि भने, राष्ट्रियसभामा १९ सिट खाली हुँदैछ, त्यसमा हामी मिलेर चुनाव लड्ने भनेका छौँ। त्यस्तै प्रतिनिधिसभाको उपचुनाव हुने भयो भने वा प्रदेशसभाको भयो भने त्यसमा पनि मिलेर जाने निर्णय गरेका छौँ।’
देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरु सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरुसँग छलफल गरेर मात्र अघि बढाउने बताए।
उनले सुदूरपश्चिम सरकार नढल्ने बताए। अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसिसी पास गरिने बताए। उनले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकैपटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउने बारेमा छलफल भइरहेको पनि दोहोर्याए।
प्रतिक्रिया