कपिलवस्तु ।
नेकपा (एमाले)का यूवा नेता एवम लुम्विनी प्रदेश सांसद बिष्णु पन्थीले यसपालीको १० औ राष्ट्रिय महाधिबेशनवाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ । उहाँले औपचारीक रुपमा उम्मेदवारी घोषणा नगरे पनि धेरै बर्ष पार्टीमा जिम्मेवारी विहीन भएर पनि निरन्तर सकृय भएकाले यसपाली जिम्मेवारीको खोजी गर्ने वताउनु भयो ।
म मेरो तर्फवाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने अन्तिम तयारीमा छु । औपचारीक घोषणा उपर्युक्त अवसरमा गर्नेछु उहाँले बताउनु भयो । एमालेका प्रभावशाली नेता एवम लुम्विनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व गरेको अनेरास्ववियूमा केन्द्रिय कोषाध्यक्षको रुपमा सफल नेतृत्व गरेका पन्थी ८ औ महाधिबेशनवाट केन्द्रिय लेखा आयोगको सदस्यमा निर्वाचित हुनु भएको थियो ।
नवौ महाधिबेशनमा झिनो मतान्तरले पराजीत पन्थी १० औ महाधिबेशन सम्म आइपुग्दा पार्टीको कमिटीगत रुपमा कुनै पनि जिम्मेवारी पाउनु भएको छैन । सांसद पन्थीले यसपाली सर्ब सहमत भए स्वभाविक रुपमा र मतदान भए फराकिलो अन्तरले निर्वाचित हुने दृढताका साथ लागि परेको बताउनु हुन्छ । उहाँ नवौ महाधिबेशनदेखि हाल सम्म पार्टीको जिम्मेवारी विहिन हुनु भएपनि कहिल्यै पनि गुनासो नगरेको दाबी गर्नु हुन्छ ।
लुम्विनी प्रदेश सभा सदस्यमा कपिलवस्तुवाट निर्वाचित सांसद पन्थी शंकर पोखरेल नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने चर्चा भएपनि सार्थक हुन सकेन । त्यसपछि पटकपटक चर्चा भई रहयो मन्त्री बन्न पाउनु भएन । जतिबेला कपिलवस्तुवाट निर्वाचित दीर्घनारायण पाण्डे सहितले एमालेमा बिद्रोह गरेका थिए । त्यतिबेला पन्थीलाई मन्त्री बन्न एमाले लुम्विनीको नेतृत्वले अफर गरेको थियो ।
सांसद पन्थीले लुम्विनी प्रदेशको कोटावाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ ।
प्रतिक्रिया