मायादेवी अनलाइन, वाणगंगा ।
आन्तरिक विवादको कारण स्थगित भएको नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रीय अधिवेशन बुधबार हुने भएको छ । मंगलबार क्षेत्रीय निर्वाचन गर्ने निर्वाचन कार्यतालिका भएपनि आन्तरिक विवादको कारण अधिवेशन स्थगित भएको थियो ।
विवाद समाधान भएपछि कांग्रेसको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले एक सूचना जारी गरी बुधबार हुने निर्वाचन समय तालिका सार्वजनिक गर्नुभएको हो ।
तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा फरक फरक स्थानमा क्षेत्रीय अधिवेशन आयोजना गरिएको छ । जस अन्तरगत क्षेत्र नं. १ को आधारभूत विद्यालय कपिलवस्तु नगरपालिका १० कटुवा पचेहरा, क्षेत्र नं. २ को जिल्ला पार्टी कार्यालय तौलिहवा र क्षेत्र नं. ३ को दुर्गा मन्दीर परिसर चन्द्रौटामा अधिवेशन हुनेछ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया