काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नपर्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार र नेपाल बार एसोसिएसन विरोध प्रदर्शनमा रहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका छन् ।
सम्पादकहरूसँग मंगलबार अन्तरक्रिया गर्दै ओलीले भने, अमूक व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य होलाजस्तो लाग्दैन । म त सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु ।
अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको पनि उनको भनाइ थियो । त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने ओलीको ठहर थियो । अरु न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा गर्नुपर्ने उनले बताए । ुउहाँहरूप्रति प्रश्न उठिसकेपछि, सेटिङमा फैसला गरिसकेको देखिइसकेपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने,ु उनले भने ।
ओलीले थपे, फलानोले राजीनामा गर्दा हुन्छ भनेजस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण त्यति एउटा कुराले हट्ला जस्तो मलाई लाग्दैन ।
आफूलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएकोप्रति ओलीले आक्रोश व्यक्त गरेका थिए ।
प्रतिक्रिया