९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

खेम-सावित्रा अक्षयकोषबाट बाणगंगाका १० जेहेन्दार विद्यार्थीलाई लाभ



मायादेवी अनलाइन, चारनम्बर ।

आमा बुबा तथा सासुससुराको नाममा खडा गरिएको खेम-सावित्रा लायन्स अक्षयकोषबाट बाणगंगा नगरपालिकाका १० जना विद्यार्थी लाभान्वित भएका छन् ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसालकी पत्नी भगवति देवी रेग्मी भूसालका आमाबुबाको नाममा रहेको अक्षयकोषबाट नगरका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरिएको होे । यसरी छात्रवृत्ति पाउनेमा युनाईटेड स्टुडेन्ट एकेडेमी, जनता माध्यामिक विद्यालय , चिल्डे«न प्याराडाईज ,आवर विज्डम स्कुल , पञ्च आधारभुत विद्यालय वैजलपुरका विद्यार्थीहरु रहेका छन् । अध्यक्ष भुसालकी पत्नी रेग्मीको जन्मोत्सवको अवसरमा सो छात्रवृत्ति वितरण गरिएको थियो ।

श्रीमती भगवती भुसालको समाजसेवा गर्ने चाहाना अनुसार परिवारको खुसि आफ्नो खुसि भएको प्रष्ट पर्दै लायन्स अध्यक्ष भुसालले सासुससुराको नाममा १ लाख बढीको अक्ष्यकोष खडा गरिएको बताउनु भयो । सोही अवसरमै भगवती रेग्मी भूसालका पिता खेमराज रेग्मी र माता सावित्रा रेग्मीलाई पनि सम्मान गरिएको थियो ।

May be an image of 3 people and people standing

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले विधार्थीको पढाईप्रतिको लगावलाई यस्ता कार्यले थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । भट्टराईले पारिवारिक आर्थिक विपन्नताले पढाईबाट बञ्चित हुनुपर्ने स्थितिलाई छात्रवृतिले रोक्ने बताउनुभयो । स्वर्ण जन्मोत्सवको शुभकामना दिदैं उहाँले समाजमा सबैले यस्तै सकारात्मक कदम चाल्न आवश्यक रहेको औल्याउनुभएको छ ।

कार्यक्रमका विशिष्ट आतिथि राजनितिक एवम समाजसेवी मेगराज ज्ञवालीले शुभकामना दिदैं आगामी दिनमा पनि यस्तै सकरात्मक कार्यको अपेक्षा गरेको बताउनुभयो ।

क्लवका सचिव सागर घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा लायन्सका अन्य पदाधिकारी, लायन्स क्लब अफ दिदि बहिनीका पदाधिकारी, लियो क्लव कपिलवस्तुका पदाधिकारी तथा अन्य समाजसेवि बुद्धिजिवी हरुको सहभागिता थियो ।

छात्रवृत्ति वितरण कार्यक्रमको संयोजन क्लवका प्रथम उपाध्यक्ष केशव सापकोटाले गर्नुभएको थियो भने संचालन सचिव सागर घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८ सोमबार ००:००  ३ : ४५ बजे