९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा हैजा बिरुद्ध खोप अभियान (फोटो फिचर)



मणि प्रसाद गैेह्रे, कपिलवस्तु ।

केही महिना अगाडी जिल्लाका विभिन्न स्थानमा हैजा फैलिएपछि उक्त रोगको रोकथामको लागि हैजा बिरुद्धको खोप अभियान आईतवारबाट शुभारम्भ गरिएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुद्धारा यशोधरा गाउपालिकाको आधारभुत अस्पताल बैदौलीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्री ईन्द्रजित चौधरीले खोप कार्यक्रमको उदघाटन गरेका छन् । सो अवसरमा यशोधरा गाउपालिकाका अध्यक्ष गिरीजेश कुमार पाण्डेयलाई हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन खुवाएर खोपको शुभारम्भ गरिएको हो ।

No description available.

यशोधरा गाउपालिकामा आईतावार देखि मंसिर १० गते सम्म खोप अभियान संचालन हुनेछ । कपिलवस्तुमा फैलिएको हैजालाई नियन्त्रण गर्न जिल्लामा बृहद अभियान संचालन गरिने भएको छ । जिल्लाका हैजा प्रभावित ५ पालिकामा हैजा बिरुद्धको ओरल कलोरा भ्याक्सिन खुवाइने भएको हो ।

स्वास्थय कार्यालयका प्रमुख प्रमुख हेमराज पाण्डेयले हैजाबाट सुरक्षित हुन र संभावित मृत्युलाई रोक्न जिल्लाको यशोधरा गाउपालिकाबाट भ्याक्सिन लागउने कार्यको थालनी गरिएको बताए । यशोधरा गाउपालिकामा ३७ हजार ७८३ जनालाई खोप लागईने छ । सो अवसरमा मन्त्री चौधरीले अभियानलाई सफल बनाउनु पर्ने बताए ।

No description available.

उनले पालिकाहरुले सरसफाईमा बिशेष ध्यान दिन आग्रह गरे । सो अवसरमा गाउपालिका अध्यक्ष पाण्डेयले आफनो पालिकामा हैजा फैलिएरकोमा दुःख ब्यक्त गर्दै खोप अभियानलाई सफल बनाउने बताए ।
। अन्य ४ पालिकाहरु कृष्णगनर, महाराजगंज शिवजराज नगरपालिका र बिजयनगर गाउपालिकामा आउने मंसिर ७ देखि १२ गते सम्म खोप अभियान संचालन हुनेछ।

No description available.

जिल्लाका ५ पालिकामा खोप लागउनकालागि २ लाख ५२ हजार ३६३ कलोरा खोप आएको स्वास्थय कार्यालकया प्रमुख हेमराज पाण्डेयले बताए । कृष्णनगर नगरपालिकाकालाई ६० हजार ७४३, महाराजंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, बिजयनगर गाउपालिकालाई ३५ हजार ९०३ खोप खु्वाईने छ ।

खोप विश्व स्वास्थ्य संगठन हुदै संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) मार्फत् उक्त खोप नेपाल आएको हो ओरल कोलेरा भ्याक्सिन मुखबाट थोपा राखेर ख्वाईन्छ । सोनाफी हेल्थकेयर प्रालि भारतबाट उत्पादीत सो खोप प्रति ब्यक्ति ढेड एम एलका दरले खुवाउने गरिन्छ । १४ औ र २८ औ दिनमा गरी खोप २ पटक खुवाउनु पर्छ ।

No description available.

अभियानमा १ सय ६८ खोपकर्ता, ३ सय ४८ स्वयमसेवक र ५ सय ३५ महिला स्वयमेविका परिचलन हुनेछन । कृष्णनगर र विजयनगरका ९ जनाको दिशामा हैजाको जिवाणु फेला परेको थियो । यशोधराका एक जनामा पनि हैंजाको जिवाणु फेला परेको थियो ।

सरसरफाईको अवस्था कमजोर हुदा कृष्णनगर नगरपालिकाबाट सुरु भएको झाडापखालाले कृष्णनगरका ४, शिवराज नगरपालिकाका एक र यशोधरा गाउपालिकाका एक गरि ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । खोप अभियान सफल पार्न स्वास्थ्य कार्यालय ,युनिसेफ र विभिन्न संस्थाहरु मिलेर समुदायमा परिचालन भएका छन् ।

No description available.

प्रकाशित मिति : ६ मंसिर २०७८ सोमबार ००:००  १ : २२ बजे