काठमाण्डौ ।
भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।
आज आइतवार सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आउँदो मङ्सिर १७ गते बस्ने गरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आउँदो मङ्सिर १७ गते बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू महाधिवेशनका कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पार्नुभयो ।
गएको कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो ।
संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न आठ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्यसमेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनुपरेको समितिका सभापति कर्णले बताउनुभयो ।
५ मंसिर २०७८ आइतबार ००:००
14
Shares
प्रतिक्रिया