९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कास्कीका छ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित



कास्की ।

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ। प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन्। यसैगरी १ को (खं बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएको कास्की कांग्रेसले जनाएको छ।

क्षेत्र नम्बर २ को (क) बाट दिनेश आचार्य सभापतिमा विजयी भए। उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भए।
यसैगरी, क्षेत्र नम्बर २ को (ख) बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए। उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन्।
कास्की क्षेत्र नम्बर ३ को (कं) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन्। उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएका छन्।

क्षेत्र नम्बर ३ को ९ख० बाट जीवनाथ पौडेल निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई(दुई जना निर्वाचित भएको जनाइएको छ। रासस

प्रकाशित मिति : ४ मंसिर २०७८ शनिबार ००:००  १२ : १४ बजे