९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेपाली कांग्रेस कपिलवस्तुमा प्रदेश सभा निर्वाचन क्षेत्रको चुनाव आज



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुले आज जिल्लाका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्व चयन गर्न लागेको छ । शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको थियो । आज विहान ९ बजेदेखि साँझ ३ बजेसम्म निर्वाचन कार्यतालिका तोकिएको जिल्लाका निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।

६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा एक क्षेत्र बाहेक अन्य ५ क्षेत्रमा चुनावी प्यानल खडा भएको छ । प्रतिनिधिसभा ३ को ‘ख’ मा मुक्तेश्वर मिश्रा सर्वसम्मत प्रदेश निर्वाचन क्षेत्रको सभापति बन्नुभएको छ । यद्यपि अरु पदाधिकारीमा भने चुनाव हुनेछ ।

सभापति शेर बहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेल पक्ष बीच कडा प्रतिस्पर्धा देखिएको जिल्लामा यसभन्दा अगाडि सम्पन्न १० वटै स्थानीय गाउँ तथा पालिका अधिवेशनमा चुनावबाट नेतृत्व छनौटले प्रष्ट पारेको छ ।

कांग्रेस कपिलवस्तुको निर्वाचन गराउने जिम्मेवारी पाउनुभएका निर्वाचन अधिकृत पन्तले सभापति बाहेक कतिपय क्षेत्रका पदाधिकारी सर्वसम्मत चयन भैसकेका मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । सबै क्षेत्रको नतिजा अझै आइनसेको भन्दै निर्वाचन अधिकृत पन्तले आज साँझसम्म सबै क्षेत्रको नतिजा आउने बताउनुभयो ।

यता उम्मेद्वारी दर्ता गरेसंगै उम्मेदवारहरु आफ्नो पक्षमा नतिजा पार्न लागिपरेका छन् । आ आफ्ना मतदाता समक्ष उम्मेदवारले चुनावी जितेपछि आफुले गर्ने काम सार्वजनिक गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८ शनिबार ००:००  ६ : २२ बजे