धनगढी ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म संचालन भएको सो कार्यक्रम समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि रहेका थिए ।
शुक्रबार सो पार्टीे आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष विक्रम शाहीले दुई दिने प्रशिक्षण कार्यक्रम र समाजवादी पार्टीको अवधारणाबारे जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशको प्रमुख पार्टी एकीृकत समाजवादी भएको शाहीले दावी गरे ।
सो पार्टीका महासचिव डा. बेदुराम भुसालले वर्तमान परिपेक्षमा समाजवादी नै जनताको पार्टी भएको बताए । पत्रकार सम्मेलनमा समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, सुदूरपश्चिम इन्चार्ज गरिमा शाह, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ लगायतको उपस्थिती रहेको यिथो ।
प्रतिक्रिया