नवलपरासी।
प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले लामो समयदेखि बसोवास गर्दै आएका नागरिकले लालपूर्जा पाउनुपर्ने बताएका छन् ।
शुक्रबार नवलपरासीको बर्दघाट पञ्चनगरमा लामो समयदेखि बसोवास गर्दै आएका स्थानीयले आयोजना गरेको कार्यक्रममा सासंद चौधरीले लालपूर्जा विहिन नागरिकहरुले लालपूर्जा पाउनुपर्ने दाबी गरेका हुन् ।
नवलपरासीको बर्दघाट नगरपालिका पञ्चनगरमा बसोवास गर्दै आएका नागरिकले लालपुर्जा नपाउनु दुखद भएको भन्दै उनले यहाँका नागरिकलाई छिटोभन्दा छिटो लालपूर्जा दिलाउन आफू लाग्ने वताए ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका नेता चौधरीले ६ महिनाभित्र नेपालका करिब १३ हजार अव्यवस्थित वसोवास गरेका नागरिकलाई लालपूर्जा दिलाउन आफुहरु लडिरहेको बताए ।
कम्युनिस्ट पार्टीलाई जनताका आवश्यकता पूरा नगर्ने शर्तमा सरकारमा बस्ने अधिकार छैन उनले भने, ‘सरकारमा सहरी विकास मन्त्रालय हाम्रै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाक्रिँले समाल्नुभएकाले अब अव्यवस्थित वस्तीका नागरिकले छिट्टै लालपूर्जा पाउनुहुन्छ ।’
उनले विभागीय मन्त्रीसगँ छलफल भैरहेको र निकास निकाल्ने जिम्मेवारी समेत आफुलाई प्राप्त भएकाले पञ्चनगर लगायत १३ हजार अव्यवस्थित बसोवास गर्ने नागरिकले लालपूर्जा पाउने कुरामा आफू ढुक्क भएको बताए ।
प्रतिक्रिया