१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रधानन्यायाधीशको नेतृत्वमा फुलकोर्ट बैठक सुरु



काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको बेला सर्वोच्चका न्यायाधीशहरुसँग छलफल गरेर इजलास तोक्न गोलाप्रथा लागू गर्न फुलकोर्टको बैठक राखिएको हो । एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशकै नेतृत्वमा फुलकोर्टको बैठक सुरु भएको छ ।
सर्वोच्चका अधिकांश न्यायाधीशहरु प्रधानन्यायाधीश जबराको विपक्षमा रहेपनि केही दिनअघि ५ जना न्यायाधीशहरु नियमित काममा फर्किएपछि जबराले फुलकोर्ट बोलाएका हुन् ।
प्रधानन्यायाधीश बाहेक सर्वोच्चका १९ न्यायाधीशमध्ये ५ जनाले फुलकोर्ट बाहेकको बैठकमा सहभागी नहुने भन्दै न्यायाधीशहरुकै छलफलमा बसेका थिएनन् ।

प्रकाशित मिति : २ मंसिर २०७८ बिहिबार ००:००  २ : ३० बजे