१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसममा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव



काठमाडौं ।
हाल नेपालको मौसममा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै बाँकी भूभागमा भने आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरु आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

प्रकाशित मिति : २ मंसिर २०७८ बिहिबार ००:००  ७ : २७ बजे