१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गठबन्धन फुटाउने प्रयास भयोः राष्ट्रिय जनमोर्चा



काठमाडौं ।
राष्ट्रिय जनमोर्चाले सत्तारुढ पाँच दलीय गठबन्धन फुटाउने प्रयास भएको ठहर गरेको छ । राष्ट्रिय जनमोर्चा बुटवलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले सो निष्कर्ष निकालेको हो ।

‘पाँच दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरुका बेग्लाबेग्लै उद्देश्यहरु रहेका छन्’, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा देशको समग्र राजनीतिक परिस्थितिबारे छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ । बैठकले अमेरिकाले एमसिसी पारित गराउन, भारतले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले काम गरेको ठहर पनि गरेको छ ।

जनमोर्चाले सर्वोच्च अदालतको सुधारका लागि प्रधानन्यायाधीशका विरुद्ध चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८ बिहिबार ००:००  ६ : १४ बजे