मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कपिलवस्तु–काठमाडौं सम्पर्क मञ्चको संयोजकमा माधव ज्ञवाली चयन हुनुभएको छ ।
बुधबार काठमाडौंमा बसेको एक भेलाले ज्ञवालीको नेतृत्वमा ११ सदस्यिय मञ्चको आयोजक सम्मेलन कमिटी गठन गरेको हो ।
मञ्चको सचिवमा सन्तोष भुसाल रहनुभएको छ । यस्तै सदस्यहरुमा विकास पौडेल, सालिकराम मिश्र, राजेन्द्र ज्ञवाली, बाबुराम ज्ञवाली, किरण बोहरा, किशोर पाण्डे, सरस्वती पौडेल, उमेश आचार्य र मधुसुदन रायमाझी रहनुभएको छ ।
संयोजक ज्ञवाली तत्कालिन एमाले हुँदा मञ्चको सचिव हुनुहुन्थ्यो । काठमाडौंमा प्रध्यापकको पेशा सम्हाल्दै आउँनुभएका ज्ञवाली वाणगंगा नगरपालिकाको हुनुहुन्छ ।
प्रतिक्रिया