मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा एमाले बाणगंगा नगर कमिटीको पहिलो पूर्ण बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले नगर कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको कार्य बिभाजन गर्नुका साथै बिभिन्न फाटहरुका लागि प्रमुख उप-प्रमुख तोकेको छ ।
जस अनुसार स्थानीय निकाय बिभाग प्रमुखमा युवराज पोख्रेल, स्कुल बिभाग प्रमुखमा मुक्त बहादुर कार्की, संगठन बिभाग प्रमुखमा बिष्णु गिरी, आर्थिक बिभाग प्रमुखमा चेतनारायण भण्डारी रहनुभएको छ । त्यसैगरी वैठकले अन्य बिभागहरुको जिम्मेवारी पनि तोकिएको छ ।
यस्तै बैठकले एमालेको दशौ राष्ट्रिय महाधिबेशनलाई लक्षित गरि यहि मसिर ३ र ४ गते बाणगंगाका सबै वडाहरुको वडा कमिटिको बैठक आयोजना गर्नेे भएको छ । महाधिबेशनका लागि बाणगंगा नगरबाट मात्र ५ हजार १ सय बढि जनसहभागीता गराउने निर्णय गरेको छ । त्यसको लागि वडास्तरमा योजना बनाईने छ ।
बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेशका सह ईन्चार्ज गिरधारिलाल न्यौपाने जिल्ला इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, प्रदेश सदस्य डम्मर शर्मा, सांसद बिष्णु पन्थी, जिल्ला उपाध्यक्ष बाबुराम खनाल, जिल्ला उपसचिव बिश्राम थारु, जिल्ला सदस्य बिश्व कार्की लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकमा बोल्दै अतिथिहरुले एमालेप्रति पछिल्लो समय धेरै नागरिकहरुको आकर्षण बढ्दो रहेको बताउनुभयो । पार्टीलाई थप बलियो बनाउदै पार्टी प्रबेशको जनलहरलाई अझ तिब्रता साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए । आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध तरिकाले सबैतहमा बिजयी बनाउन आमकार्यकर्तालाई निर्देशन दिइएको छ । नेकपा एमाले बाणगंगा नगर कमिटिका अध्यक्ष युवराज पोखरेलको अध्यक्षता, उपाध्यक्ष मुक्त बहादुर कार्कीको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन सचिव बिष्णु गिरीले गर्नुभएको थियो ।
प्रतिक्रिया