मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वाणगंगा नगर कमिटीले सबै वडामा इन्चार्ज तोकेको छ । नेकपा (एस) कपिलवस्तुका जिल्ला उपाध्यक्ष तथा क्षेत्रिय इन्चार्ज नेत्रलाल खनालको उपस्थितिमा बुधबार बसेको बैठकले नगरका ११ वटै वडामा इन्चार्ज तोकेको हो ।
नगरबाट प्रतिनिधित्व गर्ने पार्टीका जिल्ला सदस्यहरुबाट सबै वडामा प्रथम अधिवेशन सम्पन्न गर्ने गरी वडा इन्चार्ज तोकिएको नगर इन्चार्ज कमल भट्टराईले जानकारी दिनुभयो ।
नगर इन्चार्ज भट्टराईका अनुसार वडा नं. १ को इन्चार्जमा सुशील पौडेल, वडा नं. २ को इन्चार्जमा गोपाल भट्टराई, वडा नं. ३ को इन्चार्जमा अशिम क्षेत्री, वडा नं. ४ को इन्चार्जमा चन्द्रकान्त न्यौपाने, वडा नं. ५ को इन्चार्जमा चन्द्र गुरुङ, वडा नं. ६ को इन्चार्जमा सन्तोष राणा, वडा नं. ७ को इन्चार्जमा इश्वर न्यौपानेलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै वडा नं. ८ को इन्चार्जमा अजय पाण्डे, वडा नं. ९ को इन्चार्जमा दिपक अनुरागी, वडा नं. १० को इन्चार्जमा हरि गैरे र वडा नं. ११ को इन्चार्जमा विनोद भट्टराईलाई वडा इन्चार्ज तोकिएको नगर इन्चार्ज भट्टराईले बताउनुभयो ।
यस्तै आउँदो मंसीर ७ गते मंगलबार वाणगंगा नगर कमिटीको प्रथम अधिवेशन गर्ने गरी तयारी गरिएको नगर अध्यक्ष दिपक पन्थीले जानकारी दिनुभयो । बैरियास्थित मायादेवी रिर्सोटमा गरिने प्रथम नगर अधिवेशनले नगरको जुझारु नेतृत्व आउने उहाँले बताउनुभयो ।
पार्टीमा युवा पुस्ताको आकर्षण बढेको भन्दै बैज्ञानिक समाजवादको यात्रा धैरे पर नभएको उहाँले बताउनुभयो । समाजमा दलाल पूजीवाद हावी भएको भन्दै यसलाई अन्त्य गरी समाजवाद स्थापनामा सबै लाग्नुपर्नेमा उहाँको जोड छ । नगर अधिवेशनमा विधानले तोके अनुसार वडाबाट प्रतिनिधि ल्याइने उहाँले बताउनुभयो ।
प्रतिक्रिया