मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको शिवराज नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि १५० जना नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । शिवराज नगरपालिका वडा नम्बर ५ मा नेकपा एमाले सहितका पार्टी परित्याग गरि उक्त संख्यामा पार्टी प्रवेश गरेको नेकपा (एस) शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य मीना परियारले नेकपा (एकीकृत समाजवादी) तर्फ जनताको आकर्षण बढ्दै गएको बताउनुभयो । कार्यक्रम नेकपा (एकीकृत समाजवादी) शिवराज नगरकमिटी अध्यक्ष सरोज पौडेलको अध्यक्षता, पार्टी जिल्ला अध्यक्ष लंक बहादुर हमालको विशिष्ट आतिथ्यतामा भएको हो ।
यसैबीच शिवराज ५ मा वडा कमिटी गठन गरिएको छ । देवी प्रसाद सुवेदीको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा मोहम्मद मुसल्वान, सचिवमा दिनेश बेल्वासे, सह-सचिवमा सुनिता विक र अन्य सदस्यमा रहनुभएको छ ।
यसैगरी दिपा केसीको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ र २० सदस्यीय मुक्ती समाज पनि गठन गरिएको नेकपा (एस) ले जनाएको छ ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष लंक बहादुर हमाल, शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेल, जिवलाल पौडेल, छविलाल आचार्य, लिलामणी आचार्य लगाएतले मन्तब्य राख्नुभएको थियो ।
प्रतिक्रिया