१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

यस्तो रह्यो कपिलवस्तुमा दिनभर विप्लवको बन्द !



दीपा महत, जितपुर ।

पेट्रोलियम पद्धार्थमा भएको मूल्य बृद्धिको विरोधमा आयोजना गरिएको नेपालबन्द साझ बाट फिर्ता भएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्द साझ ५ बजेबाट फिर्ता भएको विप्लवका जिल्ला इन्चार्ज पदम केसीले जानकारी दिनुभयो । जनताको साथ र सहयोगले बन्द शान्तीपूर्ण रुपमा सफल भएको पनि उहाले मायादेवीलाई बताउनुभयो । उहाले बन्दको क्रममा विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गर्नुभएको छ ।

यता विप्लवले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि आंशिक मात्रामा पर्र्यो । जिल्लाका उत्तरी क्षेत्रमा बन्दको प्रभाव रहेपनि दक्षिणी क्षेत्रमा भने प्रभाव देखिएन । प्रहरीका अनुसार सबैभन्दा धेरै चन्द्रौटा क्षेत्र प्रभावित भएपनि समग्रमा शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । यस्तै जिल्लाका जितपुर, बैरिया, पिपरा, बनगाई, गोरुसिंगे, चन्द्रौटा लगाएतका क्षेत्रमा बन्दको प्रभाव देखिन्थ्यो । त्यहाका अधिकांश पसल तथा ब्यवसारयहरु दिनभर बन्द रहे ।

तर दक्षिणी क्षेत्रमा भने बन्दको प्रभाव देखिदैनथ्यो । जिल्लाको सदरमुकाम तौलिहवामा बन्दको कुनै प्रभाव परेन । तौलिहवामा सदा जस्तै पसल तथा बजारहरु खुला थिए । भने मानिसहरुको ओहोरदोहर पनि बाक्लै देखिन्यो । यस्तै सार्वजनिक यातायात नचलेपनि निजी सवारीका साधनहरु भने गुडेका थिए ।

यता जिल्ला प्रहरी कार्यालयले जिल्लामा कुनैपनि अप्रिय घटना नघटेको जनाएको छ । बन्दलाई लक्षित गरि हुन सक्ने अवान्छित गतिविधीलाई रोक्न विभिन्न चोकचोकमा प्रहरीहरु परिचालित थिए । जनताको शान्ती सुरक्षाका लागि चोकचोकमा प्रहरी खटिएको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले मायादेवीलाई जानकारी दिनुभयो ।
यसैबीच सडकमा गुडिरहेका गाडीहरु लाई अवरोध गर्नुका साथै बन्द गराउन हिडेका विप्लवका २ महिला सहित २८ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सेक्रेटरी कमल केसी, अखिल क्रान्तीकारी कपिलवस्तुका जिल्ला अध्यक्ष विज्ञान क्षेत्री लगाएतका नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८ मंगलबार ००:००  ५ : १४ बजे