१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना सुरु



काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरु प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् ।

मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै प्रहरीको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् । समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८ मंगलबार ००:००  ११ : १४ बजे