१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा बन्दको प्रभावः विप्लव जिल्ला सेक्रेटरी सहित १६ जना पक्राउ



दीपा महत, जितपुर ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ । बन्दका कारण लामो तथा छोटोदुरीका सवारी साधन चल्न सकेका छैनन् । विप्लवको बन्दका कारण विहानैदेखि नियमित गाडीहरु संचालनमा आउन सकेका छैनन् । यता बन्द गराउन हिडेका विप्लवका जिल्ला जिल्ला सेक्रेटरी कमल केसी सहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाँउबाट पक्राउ गरेको छ । प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार वाणगंगाका ४ नम्बर क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट १ जना र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिइएको हो । यता जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यलयबाट प्रहरीहरु चोकचोकमा परिचालित भएका छन् । जनताको शान्ती सुरक्षाका लागि प्रहरी मोटरसाइकल लगाएत गस्तीमा परिचालित भएका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८ मंगलबार ००:००  ८ : २९ बजे