काठमाडौं ।
बर्दियामा उपचार गरिदिने भन्दै नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाले राजापुर नगरपालिका वडा नम्बर ९ भीमापुरबाट ७२ वर्षीय वृद्धलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।
उपचार गराउन उनको घरमा आएकी १४ वर्षीया बालिकामाथि मंगलबार बलात्कार गरेको आरोप छ । बिहान करिब १० बजे घरमा बालिकामाथि बलात्कार गर्दै गरेको अवस्थामा अर्का उपचार गराउन आएका व्यक्तिले देखेपछि वृद्ध भागेका थिए । उनी भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको कार्कीले बताए ।
प्रतिक्रिया