१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

एमालेका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन, बाँकी प्रक्रियामा



काठमाडौं ।
चितवनमा १०–१२ मंसिरमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि शनिबार र आइतबार ८५ प्रतिशत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ। प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबार प्रेस विज्ञप्ति जारी गरी अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको जनाएका छन्। पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको उनले बताए । अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको विज्ञप्तिमा उल्लेख छ। एमालेले ३० कात्तिकसम्म प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन निर्देश गरिसकिएको छ ।

प्रतिनिधि चयन भएका जिल्ला
प्रदेश नम्बर १
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।

बागमती प्रदेशः
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।

उपत्यका विशेष कमिटीः
पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।

गण्डकी प्रदेशः
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।

लुम्बिनी प्रदेशः
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।

कर्णाली प्रदेशः
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।

सुदूरपश्चिम प्रदेशः
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी छ।
केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्देश कमिटीहरू, प्रदेश सम्पर्क कमिटीहरू र प्रवास समन्वय कमिटीहरूबाट पनि प्रतिनिधि चयन भइसकेका छन् । पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७८ आइतबार ००:००  ६ : ३७ बजे