बाँके ।
बाँकेको नरैनापुर गाउँपालिका ४ पण्डितपुरुवामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हिजो शनिवार राति स्थानीयवासी लखन गडरियाको शव भेटिएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वसन्त गौतमले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाई चराउन गएको २५ गते जङ्गल जानुभएका लखन फर्केर नआएपछि खोजी गर्दा हिजो राति जङ्गलमा उहाँको शव भेटिएको हो । उहाँको पिठ्यु भाग बाघले खाएको, घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको प्रहरीले जनाएको छ । बाँकेमा पछिल्लो दुई महिनामा बाघले मान्छेलाई आक्रमण गरेको यो दोस्रो पटक हो । यसअघि भदौ अन्त्यमा राप्ती–सोनारीमा बाघको आक्रमणमा एक जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया