बुटवल ।
पेट्रोलियम पदार्थका भएको मूल्य बृद्धिको विरोधमा अखिल क्रान्तिकारीले एक घण्टा चक्का जाम गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संघठन रुपन्देहीले बुटवलको बेलबासमा आइतबार एक घण्टा चक्काजाम गरेको हो ।
सरकारले पेट्रोलियम पदार्थको मृल्य बृद्धि तत्काल फिर्ता नलिएसम्म आन्दोलन गरि रहने अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष पारस राहदीले बताए । यस अघि नेकपा एमाले निकट अनेरास्ववियूले पनि पेट्रोलियम पदार्थमा भएको बृद्धिको विरोधमा एक घण्टा चक्का जाम गरेको थियो ।
विप्वल नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिका विरुद्ध कात्र्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
प्रतिक्रिया