मुस्ताङ ।
मुस्ताङको कोवाङमा हिम पहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।
अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको र भागाभाग हुँदा केही मानिस घाइते भएका उहाँले बताउनुभयो । मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको अधिकारीले बताउनुभयो ।
अहिले घाइतेलाई उद्धार गरेर जोमसोम लैजाने तयारी भइरहेको छ । पहिरोका कारण केही जनावर मरेको हुन सक्ने उहाँले बताउनुभयो । पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया