९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रदुषण बढेपछि दिल्लीमा आंशिक लकडाउन



नयाँ दिल्ली ।
भारतको केन्द्रीय राजधानी दिल्लीमा प्रदुषण बढेपछि आंशिक लडडाउन लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताको लागि स्कुल बन्द गर्ने घोषणा गरेका छन् । त्यस्तै सरकारी कर्मचारीलाई पनि वर्क फ्रम होम गर्न आदेश दिइएको छ ।आंशिक लकडाउनको घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले प्रदुषणका कारण दिल्ली पूर्ण लकडाउनतर्फ गएको चेतावनी दिएका छन् । सरकारले निजी सवारीसाधन पनि बन्द गर्ने बारेमा छलफल गरिरहेको केजरिवालले बताए । साथै दिल्लीमा सबै खाले निर्माणको काम पनि बन्द गरिएको छ ।
ब्मखभचतष्कझभलत

दिल्ली दिपावलीपछि विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेको छ । दिल्लीको एयर क्वालिटी इन्डेक्स सबैभन्दा बढी ५५६ रहेको छ । यसअघि भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएकोथियो । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको थियो ।

भारतका प्रधानन्यायधिश एन भी रमण, न्यायाधिशहरु डि वाई चन्द्रचुडा र सुर्यकान्तको इजलाशले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । “हावाको गुणस्तर मापक सूचकांकलाई ५०० बाट कम्तीमा २०० मा झार्नु पर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुनसक्छ,” सुझावमा उल्लेख गरिएको थियो ।

अदालतले अति प्रदुषण भएकाले अहिले बालबालिकाहरुलाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवत जावत गराउन पनि पुनर्विचार गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकहरुले वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दिर्घकालिन असर पर्ने भएकाले त्यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

विज्ञ तथा सरोकारवालाहरुले प्रदुषणबाट बालबालिकाहरुलाई दिर्घकालिन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । वायु प्रदुषणको असर बालबालिकाहरुमा अहिले भन्दा पछि बढी देखिने सर गंगाराम अस्पतालका डा। धिरेन गुप्ताको भनाई छ ।

“बालबालिकामा प्रदुषणको असर अहिले के देखिएको छ र रु त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,” उनले भने । बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ ।

विशेष गरेर बालबालिकामा स्वास प्रस्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता विरामीहरुको सङ्ख्या अत्यधिक धेरै रहेको उनले जानकारी दिए । नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ ।पटकको प्रयोगमा प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले तिहारका बेलामा राती अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीहरुको भनाई छ ।

सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही बर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिदै आएको छ । हिउँदमा छिमेकी राज्यहरूमा जलाइएका परालहरूका धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन । दिल्ली मात्रै नभइ भारतका अरु पनि धेरै सहरहरु अति प्रदुषित सहरमा पर्दछन । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन । भारतका प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कहरुले देखाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८ आइतबार ००:००  २ : २५ बजे