काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद जबज पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् ।
शनिबार शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा वैचारिक–राजनीतिक कार्यक्रम प्रस्तुत गर्दै खनालले संविधान मार्फत् जबज कार्यान्वयन भइसकेको बताएका छन् ।
‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो’ नेता खनालले उल्लेख गरेका छन् । जबजलाई भरपुर उपयोग गर्दै समाजवादी क्रान्ति र रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्ने समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
२७ कार्तिक २०७८ शनिबार ००:००
30
Shares
प्रतिक्रिया