९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

एमाले कपिलवस्तु क्षेत्र नं १ वाट छानिए सर्बसहमत महाधिबेशन प्रतिनिधी



कपिलवस्तु ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तर्गत कपिलवस्तुका निर्वाचन क्षेत्रहरुबाट महाधिवशेन प्रतिनिधिहरुको टुंगो लाग्ने प्रक्रिया जारी रहेको छ । जसअन्तर्गत कपिलवस्तु क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधिको सर्वसम्मत रुपमा टुंगो लागेको छ । जसअन्तर्गत क्षेत्र नं. १ को प्रतिनिधिमा झबिलाल पोख्रेल, डम्मर शर्मा, बिष्णु पन्थी, बिश्व कार्की, विश्राम प्रसाद थारु, घरभरण यादव सर्वसम्मत रुपमा चयन हुनुभएको छ भने महिलाबाट प्रभा पौडेल र शान्ता पाण्डे सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।
उता जिल्लाबाट दलित तर्फ शान्ति देवी चमार र सि.बि. गहतराज पनि सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।

त्यस्तै क्षेत्र नं. २ र ३ मा पनि सर्वसम्मत रुपमा महाधिवशेन प्रतिनिधि टुंगो लगाउने प्रयास भईरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८ शनिबार ००:००  ६ : ०९ बजे