९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

रेडियो मायादेवी सञ्चालन संस्थाको अध्यक्षमा पुनः नन्दकिशोर शुक्ला



मायादेवी अनलाइन, वाणगंगा ।
सामुदायिक रेडियो मायादेवी सञ्चालन संस्था नव छहारी सामाजिक विकास संस्थाको अध्यक्षमा पुनः नन्दकिशोर शुक्ला दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार बैरियामा रहेको एभरग्रीन होटलमा सम्पन्न पाँचौ अधिवेशनले शुक्लाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा माधव भाट क्षेत्री, सचिवमा अञ्जु अधिकारी, सह सचिवमा इन्दिरा तिमिल्सिना, कोषाध्यक्षमा लक्ष्मण शर्मा रहनुभएको छ ।

यस्तै सदस्यहरुमा टेकेन्द्र कुमार क्षेत्री, थानेश्वर अधिकारी, कृष्ण कार्की, दिपक अनुरागी, चन्द्रकान्त न्यौपाने र अस्मिता पोख्रेल रहनुभएको संस्थाले जनाएको छ । अधिवेशनमा दोस्रो कार्यकालका लागि पनि पुरानै कार्यसमिति दोहोरिएको हो । विधानतह दुई दुई बर्षमा संस्थाको अधिवेशन हुँदै आएको छ ।

संस्थाको अधिवेशनमा शुभकामना मन्तव्य राख्दै संस्थापक अध्यक्ष शशिन्द्र सापकोटा, रेडियो मायादेवीका पूर्व वरिष्ठ उपाध्यक्ष विष्णु बेल्वासे, रेडियो मायादेवी सञ्चालक समिति अध्यक्ष टेकेन्द्र कुमार क्षेत्रीले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाको अधिवेशन शुक्रबार सम्पन्न भएपनि रेडियो मायादेवी सञ्चालक समितिको अधिवेशन पछि तोकिने छ । संस्थाको पहिलो बैठकले शेयर सदस्यहरुलाई बोलाएर रेडियोे सञ्चालक समितिको अधिवेशन गर्ने र अहिले नव छहारीमा रहेका सदस्यहरु बीच अधिवेशन गरिएको संस्थाका नव निर्वाचित अध्यक्ष शुक्लाले बताउनुभयो ।

साथै उहाँले रेडियोले प्राप्त गरेको स्रोताको मायालाई आगामी दिनमा थप बढाउने र समुदायको आवाज बोल्ने रेडियोका रुपमा मायादेवीलाई सशक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अवसरमा रेडियो मायादेवीमा कार्यरत हालका कर्मचारी र पूर्व कर्मचारीलाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८ शुक्रबार ००:००  ६ : २० बजे