९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

माओबाट देङ हुँदै सी चिनफिङको मार्गदर्शनमा चीन, ऐतिहासिक प्रस्ताव पारित



एजेन्सी ।
चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएका छन् । उनले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित गराउन सफलता हासिल गरेर शक्तिशाली बनेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष लामो इतिहासबारे संक्षिप्त वर्णन गरिएको प्रस्तावले प्राप्त मुख्य उपलब्धि र भावी दिशाबारे उल्लेख गरेको छ । यस्तो प्रस्ताव सन् १९४५ मा माओले र सन् १९८१ मा देङले पारित गराएका थिए ।

बिहिबार चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय सम्मेलनबाट प्रस्ताव पारित भएको हो । यो दस्तावेज पारित भएपछि सी चिनफिङलाई माओ र देङको स्तरमा राखिएको छ । अब चिनियाँ कम्युनिस्ट पार्टी सीको विचारधाराबाट लामो समय अगाडि बढ्ने परिस्थिति विकास भएको छ । प्रस्ताव पारित भएसँगै चीन देङको विचारधाराबाट नयाँ युगमा प्रवेश गर्नेछ । अब सी चिनफिङको विचारधाराबाट चीन अगाडि बढ्नेछ ।

विगतमा माओले यस्तै प्रस्ताव पारित गराएर चीनलाई नयाँ यात्रामा बढाएका थिए । त्यसपछि देङले त्यस्तै प्रस्ताव पारित गरी नयाँ यात्राको आरम्भ भएको सन्देश दिएका थिए । अहिले सीले पनि त्यस्तै गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको चार दिने बन्दसत्रमा ३७० उच्च अधिकारीहरु सहभागी थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८ शुक्रबार ००:००  ७ : ४१ बजे