कपिलवस्तु ।
कोरोना संक्रमणका विच लामो समय थला परेको बुद्धस्थल कपिलवस्तुमा क्रमश आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन् । कोरोना संक्रमणका कारण सरकारले मानिसको आवतजावतमा रोक लगाउँदा कपिलवस्तुका बुद्धसँग सम्वन्धीत स्थल विगतमा सुनासान थिए । पछिल्लो समय सरकारले स्वदेशी तथा विदेशी पाहुना आवतजावतमा बन्देज हटाएपछि पर्यटक देखिन थालेका छन् ।
कपिलवस्तुका बुद्धस्थलमा हाल आएर श्रीलंका, थाइल्यान्ड, कम्वोडिया, भेयतनाम लगायतका देशबाट दैनिकजसो १ सयको हाराहारीमा पर्यटक भित्रिएको लुम्विनी विकास कोषले जनाएको छ ।
विगतका वर्षमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले पटकपटक गरेका अध्ययन्–अनुसन्धानबाट तिलौराकोट लगायतका बुद्धसम्पदाको थप ऐतिहासिकता प्राप्त हुँदै जाँदा यस ठाउँको महत्व बढ्दै गएको छ ।
प्रतिक्रिया