९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगा नदीमा तत्काल टेण्डर नलगाउन अदालतको अन्तरिम आदेश



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुकोे वाणगंगा नदीमा तत्काल टेण्डर प्रक्रिया अगाडी नबढाउन उच्च अदालत तुल्सिपुर बुटवल इजालसले अन्तरिम आदेश जारी गरेको छ ।

गएको आवमा नदीको टेण्डर पारेको शिवम बिल्र्डसले कोरोनाका कारण काम गर्न नपाएको भन्दै क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो ।

मुद्धाको किनारा नलाग्दै वाणगंगा नगरपालिकाले चालु आवका लागि जदीको टेण्डर निकालेपछि अदालतले तत्काल टेण्डर प्रक्रिया रोक्न अन्तरिम आदेश गरेको हो ।

यता वाणगंगा नगरपालिकाले भने यो विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ । नगरका प्रवक्ता विष्णु पौडेलले टेण्डर रोक्ने भन्नेबारे आफुहरुले कुनै जानकारी नपाएको प्रतिक्रिया दिनुभयो । बुधबार कार्यालयमा बुझेर थप प्रतिक्रिया दिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८ मंगलबार ००:००  ७ : ५३ बजे