तौलिहवा ।
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पार्टीको सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न बुधबार कपिलवस्तु आउनु हुने भएको छ ।
कार्तिक २४ र २५ गते जसपा कपिलवस्तुले आयोजना गरेको दुई दिवशीय बैठक, जनसभा तथा पार्टी प्रवेश जस्ता कार्यक्रमलाई अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुमा रहँदा उहाँले बुधबार बिहान जिल्ला पार्टीद्धारा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई पकडी चौराहमा सम्बोधन गर्नुहुने कार्यक्रम जसपाले तय गरेको छ ।
त्यस्तै अध्यक्ष यादवले बिहीबार बिहान ८ बजे जिल्लाको औद्योगिक क्षेत्र कृष्णनगर नगरपालिकाका उद्योगी, व्यापारी उच्चपदस्थ बुद्धिजीविहरुसँग अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै सोही दिन दिउँसो १२ बजे देखि जसपाको आन्तरिक पंक्तिसँग बृहत प्रशिक्षण तथा पार्टी प्रवेश कृष्णनगरमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ द्धारा आयाजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको जसपा कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया