काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् । मंगलबार अछामस्थित साँफेबरमा नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै मंसिरमा हुन लागेको पार्टीको १०औँ महाधिवेशमा आफू अध्यक्ष पदमा उठ्ने बताएका हुन् ।
कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारी गरेको उनको भनाइ छ । ‘कार्यकर्ताले अध्यक्ष पदमा उठ्नु भएको छ, तपाईंहरु जेमा उठ् भन्नुहुन्छ, म त्यसैलमा उठ्छु,’ उनले भने, चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन । मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो । कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु ।’
उनले आगमि महाधिवेशबाट एमालेलाई बालियो र एकतावद्ध बनाउनुपर्ने बताए । लामो समय माधवकुमार नेपालसँग रहँदै आएका र पार्टी विभाजनको क्रममा एमालेमै बसेका रावलले आफू जेठ २ को अडानमा यथावत रहेको बताए । उनले भने, ‘म त्यसमा दृढ छु उभिरहन्छु। म लत्रिएर गएर तपाईंहरुको शीर झुकाउँदिन म अडान छाड्दिनँ ।’
गत असोज १५-१७ गतेसम्म भएको एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदम्यादको व्याख्या गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुने गरी विधान संशोधन गरेको । रावलले अध्यक्ष पदमा उठ्ने घोषणा गरेसँगै १०औं महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष नहुने भएका छन् ।
एमालेको १०औं महाधिवेशन अगामी १०–१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ । राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनले एमालेको पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण गरिसकेको छ।
विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । पदाधिकारीहरूमा १ अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव सहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान पारित भएको छ ।
प्रतिक्रिया