९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज बस्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई रावलले भने ‘गुटको नमुना’



काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको दाबी गर्नुभएको छ ।आज बस्ने भनिएको बैठक १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन विपरीत रहेको रावलको आरोप छ ।
आजको बैठक गुटबन्दीको नमुना भएको भन्दै यसका निर्णय अमान्य हुने रावलको जिकिर छ । रावलले अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न पनि गर्नुभएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८ मंगलबार ००:००  ९ : ५६ बजे