मायादेवी अनलाइन, चारनम्बर । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अर्को सफलता प्राप्त गरेको छ । अपराध गरेर लुकीछिपी बसेका प्रतिबादीहरुलाई पक्राऊ गरी कानुनी दायरामा ल्याउनको लागि अभियान नै चलाएको प्रहरीले गोली हानी कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद ठहर भएका महाराजगंज नगरपालिका बस्ने ४३ बर्षिय भोला उपाध्याय (भोलानाथ) लाई पक्राऊ गरी सफलताको नमुना प्रस्तुत गरेको हो ।
२०६७।०६।३१ गते साबिक उदयपुर गा.बि.स.वडा नं.७ बस्ने मुनिम भन्ने सिताराम पासीलाई अभियुक्त यादवकै योजनामा साथीहरु छेदी यादब र हरिहर कुर्मीको सहयोगमा गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
हत्यापछि विगत ११ बर्षदेखि यादव फरार रही भारतको मुम्बईमा लुकीछिपी बस्दै आएका खुलेको प्रहरीको भनाई छ । तर पछिल्लो केही समय कपिलवस्तु नगरपालिका वडा नं. १ प्रशासन चोकनजिक डेरा नै लिएर बस्ने गरेकोमा विशेष सूचनाको आधारमा उनकै डेराबाट प्रहरीले २०७८।०७।१९ गते राति ११ बजे भोलानाथलाई पक्राऊ गर्न सफल प्रमुख प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
पक्राउपछि उनलाई २० वर्ष कैद भुक्तानको लागी जिल्ला अदालत कपिलवस्तुमा हाजिर गराईएको कार्कीले बताउनु भयो । मृतक सिताराम पासीसंग हरिहर कुर्मी र भोलानाथ उपाध्यायको जग्गाको बिषयलाई लिएर बिबाद हुने गर्दथ्यो । त्यही निहुँमा मुर्ति सेलाउने बेला पासीको हत्या भएको प्रहरीले बताएको छ । गोलि प्रहार गर्नका लागी प्रयोग गरिएका अन्य २ जना फरार प्रतिवादीहरुको खोजि कार्य जारी रहेको एसपी कार्कीले बताउनु भयो । उनीहरुलाई पनि काननी दायरामा ल्याएरै छाडिने उहाँको भनाई छ । मुख्य योजनाकार पक्राऊ गरेपछि अरुलाई पक्रन अब समस्या नहुने उहाँले बताउनु भयो ।
प्रहरीले तयार पारेको घटनाको विवरण जस्ताको तस्तै
घटनाको बिबरणः–
मिति २०६७।०६।३१ गते अं.१८ः३५ बजेको समयमा जिल्ला कपिलवस्तु साबिक भलवारी गा.बि.स.वडा नं.८ सानो भलवारीमा मेला हेर्न गएका जिल्ला कपिलवस्तु साबिक उदयपुर गा.बि.स.वडा नं.७ बस्ने मुनिम भन्ने सिताराम पासीलाई छेदी यादब, हरिहर कुर्मी र भोला उपाध्याय भन्ने भोलानाथ उपाध्यायको योजना र मिलेमतोमा गोली प्रहार गरी हत्या गरेकोमा उक्त घटनामा संलग्न रहि २० वर्ष कैद फैसला भएका छेदी यादवलाई २०६८।०५।०४ गते र हरिहर कुर्मीलाई २०६८।०६।२४ गते पक्राउ गरिएको थियो ।
ऐ.ऐ घटनामा संलग्न भोला उपाध्याय भन्ने भोलानाथ उपाध्यायलाई २० वर्ष कैद फैसला भएकोमा ११ बर्षदेखि फरार रहि भारतको मुम्बईमा लामोसमय लुकिछिपी गरि बसिरहेका र केही समयदेखि जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं.१ प्रशासन चोक स्थित डेरा लिई लुकिछिपी बसिरहेको अवस्थामा छन् भन्ने विशेष सूचनाको आधारमा मिति २०७८।०७।१९ गते रातको अं २३ः५५(रातको ११) बजेको समयमा निजलाई निजकै डेराबाट पक्राउ गरि २० वर्ष कैद भुक्तानको लागी सम्मानित कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराईएको ।
निम्नः–
घटना मितीः– २०६७।०६।३१ गते १८ः३५ बजे ।
मुद्दा शिर्षकः– कर्तब्य ज्यान ।
घटनास्थलः जिल्ला कपिलवस्तु साबिक भलवारी गा.बि.स.वडा नं.८ सानो भलवारी।
मृतकको नाम थर वतनः– कपिलवस्तु साबिक उदयपुर गा.बि.स वडा नं.७ उदयपुर बस्ने बर्ष ४० को मुनिम भन्ने सिताराम पासी ।
पक्राउ परेको फरार प्रतिवादीको विवरणः– को जिल्ला कपिलवस्तु साविक उदयपुर गा.बि.स.वडा नं.७ (हाल महाराजगन्ज नगरपालिका वडा नं ८) बन्जरिया घर भएका बर्ष ४३ को भोला उपाध्याय भन्ने भोलानाथ उपाध्याय ।
निज भोलानाथ उपाध्यायको भूमिकाः– मृतक सिताराम पासीसंग हरिहर कुर्मी र भोलानाथ उपाध्यायको जग्गाको बिषयलाई लिएर बिबाद भएको सोही बिषयलाई लिएर छेदी यादब र हरिहर कुर्मी र भोला नाथ उपाध्यायले २ जना व्यक्तिहरुलाई भोलानाथ उपाध्याय मार्फत रु.१,००,०००।–दिई निज सिताराम पासीलाई मार्न भनिएकोमा मिति २०६७।०६।३१ गते दुर्गाको मुर्ती सेलाउने दिनमा हत्या गर्ने योजना बनाई सोहि दिन मिति २०६७।०६।३१ सिताराम पासीलाई दुर्गाको मुर्ती निजकै ट्याक्टरमा राखी निजलाई चलाउन लगाई दुर्गाको मुर्ती लिई जिल्ला कपिलवस्तु भलवारी गा.वि.स.वडा नं.८ सानो भलवारी स्थित पोखरीमा मूर्ती सेलाउन लाग्दा पैसा दिईएका व्यक्तिहरुबाट गोली प्रहार गरी÷गराई सिताराम पासीलाई कर्तब्य गरी मारेको ।
अन्य विवरणः सो घटनामा गोलि प्रहार गर्नका लागी प्रयोग गरिएका २ जना फरार प्रतिवादीहरुको खोजि कार्य भैरहेको ।
प्रतिक्रिया