९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतको छत्तीसगढमा प्रहरीले आफ्नै साथीहरूमाथि गोली हान्दा ४ जनाको मृत्यु



रायपुर ।
भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली हानेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके ४७ राइफलबाट गोली चलेको थियो। यो ठाउँ प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा छ।

गोली लागेर चार जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आफ्नै साथीहरूमाथि गोली बर्साउने प्रहरीलाई हिरासतमा लिइएको छ। उनले किन गोली हानेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८ सोमबार ००:००  १ : २० बजे