काठमाडौं । वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले क्रिकेटबाट सन्यास नलिएको खुलासा गरेका छन् ।तर उनले जमैकामा आफ्ना घरेलु समर्थकमाझ विदाई क्रिकेट खेल्ने अपेक्षा भने राखेका छन् ।
गेल टी–ट्वान्टी विश्वकपका क्रममा वेस्ट इन्डिज टिममा थिए ।अष्ट्रेलियाविरुद्धको खेलका क्रममा अष्ट्रेलियाका खेलाडीहरुले ड्वायन ब्राभो र गेललाई ुगार्ड अफ अनरु दिएका थिए ।
ब्राभोले भने अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरिसकेका छन् ।वेस्ट इन्डिजलाई दुई पटक टी–ट्वान्टी विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका गेलले आईसीसीसँगको भिडियो कुराकानीका क्रममा सन्यास नलिएको बताउदै आफूले घरेलु समर्थकमाझ जमैकामा एक खेल खेल्न चाहेको जनाए ।
गेलले जारी टी–ट्वान्टी विश्वकप अन्तिम विश्वकप भएको स्वीकार गरे ।तर ४२ वर्षीय गेलले कुराकानीकै क्रममा आफूले अर्को विश्वकप खेल्न चाहेपनि वेस्ट इन्डिजले आफूलाई टिममा नराख्ने भन्दै ठट्टा गर्न भ्याए । गेलले आफ्ना ९१ वर्षीय पिता विरामी भएपनि विश्वकप खेलेको समेत बताएका छन् ।
प्रतिक्रिया