९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कुटपिट गरी दाङमा एक युवकको हत्या




बुटवल ।
दाङमा धारिलो हतियारले हानेर एक युवकको हत्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका ४ नयााबस्तिका २१ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।

कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउापालिका ४ का १७ वर्षीय शंकर डाागी गम्भीर घाइते भएका छन् ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते डाागीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काफ्लेले बताए ।

पुन र डाँगीमाथि पुरानो रिसिइबीका कारण तुलसीपुर(४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरूको खोजी भइरहको उनले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८ आइतबार ००:००  १२ : ०१ बजे