१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

म्यान्चेस्टर डर्वीमा सिटी विजयी, हार्यो युनाइटेड



काठमाडौं ।

इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ ।

वल्ड ट्राफोर्डमा भएको खेलमा सिटीले युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडका इरिक बेलीको आत्मघाती गोलसँगै सिटीले अग्रता बनाएको थियो ।

खेलको ७ औ मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए ।

युनाईटेडका डिफेन्डर बेलीले जोआओ कानसेलोको क्रसलाई डिफेन्ड गर्ने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए ।

बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए ।

त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा म्यानचेस्टर डर्वीमा सिटीले बाजी मार्यो ।

जितसँगै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

सिटीले ११ मध्ये सात खेलमा जित तथा दुई खेलमा बराबरीसंगै २३ अंक जोडेको छ ।

यता युनाईटेडले घरेलु मैदानमा लगातार दोस्रो पराजय भोगेको छ ।

युनाईटेडले ११ मध्ये पाँच खेलमा जित तथा दुई खेलमा बराबरीको नतिजा निकालेको छ र १७ अंक सहित पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८ आइतबार ००:००  ७ : २५ बजे