१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

अभागी दक्षिण अफ्रिाका, जितेर हार्यो विश्वकप क्रिकेटमा



एजेन्सी । दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा शनिबार इङ्ल्याण्डलाई १० रनले पराजित गरेपनि नेट रनरेटका आधारमा अफ्रिकी टिम विश्वकपबाट बाहिरिएको हो ।

समूह वानबाट इङ्ल्याण्ड र अष्ट्रेलिया क्रमश समूह विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरे ।

समूहमा इङ्ल्याण्ड, अष्ट्रेलिया र साउथ अफ्रिकाले समान ८ अंक जोडेका थिए । तर नेट रनरेटमा अफ्रिकी टिम भन्दा इङ्ल्याण्ड र अष्ट्रेलिया अघि रहे ।

दक्षिण अफ्रिकाविरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ८ ओभरको क्षतीमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।

इङ्ल्याण्डका मोइन अलीले बनाएको ३७ रन सर्वाधिक स्कोर रह्यो ।

डेविड मलानाले ३३, लियाम लिभिङ स्टोनले २८, जोस बटलरले २६ र अर्का ओपनर जासन रोयले २० रन जोडे । कप्तान इयान मोर्गानले १७ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, तबरेज शम्सीले र ड्वेन प्रिटोरियसले समान २ तथा एनरिक नार्टजेले १ विकेट हात पारे ।

यसअघि सुरुवाती ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनायो । अफ्रिकी टिमका रस्सी भान डेर डुसनले नटआउट ९४ रन बनाएको इनिङ्समा एडेन माक्र्रामले नटआउट ५२ रन जोडे । क्विनटन डी ककले ३४ रन बनाए ।

इङ्ल्याण्डका आदील रासिद र मोइन अलीले एक एक विकेट हात पारेका थिए ।

पराजयका बाबजुत इङ्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरण प्रवेश गर्यो । दक्षिण अफ्रिका समान ८ अंक भएपनि इङ्ल्याण्ड र अष्ट्रेलियासँग पछि पर्दै सेमिफाइनल यात्रा तय गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७८ आइतबार ००:००  ७ : २० बजे