९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वेस्ट इन्डिजद्धारा अष्ट्रेलियालाई १५८ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजले अष्ट्रेलियालाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गर्ने निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन जोड्यो ।

वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे ।

इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रनको जोडे ।

अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक चार विकेट हात पारे भने मिचेल स्टार्क, प्याट कमिङस तथा एडम जाम्पाले समान एक–एक विकेट लिए ।सेमिफाइनल प्रवेश गर्न अष्ट्रेलियाका लागि आजको खेल महत्वपूर्ण छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८ शनिबार ००:००  ६ : ०६ बजे