९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

साउण्ड सिस्टम चोरी गर्नेको हातमा पिपरा प्रहरीको हत्कडी, यसरी पत्ता लगाइयो




मायादेवी अनलाइन, चारनम्बर ।

नगद धन, गरगहना र सवारी चोरीका घटनाहरु सर्वसाधारणका लागि सामान्य हुन् । तर बिभिन्न कार्यक्रम र मेला महोत्सवमा प्रयोग हुने डिजे (साउण्ड सिस्टम) चोरी गर्ने गिरोह पनि हुदो रहेछ भन्ने कुरा नौलो लाग्न सक्छ । तर नौलो मान्नु पर्दैन । लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय बाणगंगा २ पिपरा कपिलवस्तुले यस खालको चोरीमा संलग्न रही लाखौँको कारोबार गर्ने चोरहरुलाई समातेर कारबाही प्रकृया अगाडी बढाएको छ ।

प्रहरीका अनुसार डिजे एम्लीफायर आदि चोर्ने बाणगंगाका राजेश थारु र खरिद गर्ने पसल संचालक महेन्द्र थारुलाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको छ ।गरी कानुनी दायरामा ल्याइएको छ । महेन्द्र थारु देउराली मोबाईल पसलका प्रोपराइटर हुन् । उनको पसलमा चेक जाँच गर्दा ४ वटा साउण्ड, २ वटा एम्पलिफायर, २ वटा डिजे लाईट, १ वटा मिक्सर र बोर्ड तार फेला पारिएको थियो । थारुद्धयले चोरेको र विक्रि गरेको स्विकार गरेपछि समातिएको प्रहरी निरिक्षक दिनेश गुरुङले मायादेवी रेडियोलाई जानकारी दिनुभयो ।

प्रहरीले गोरुसिङ्गेमा रहेको गुप्ता टेण्ट हाउस र न्यू गुप्ता मोवाईल एण्ड ईलोक्ट्रनिस सेन्टरमा खनतलासी गरी २ वटा जेविएल साउण्ड, १ वटा ६०० वाटको एम्पलिफायर, डिजे लाईट १ र न्यू गुप्ता मोवाईल एण्ड ईलोक्ट्रनिस सेन्टरबाट २ वटा नमस्ते साउण्ड, १ वटा एम्पलिफायर, डिजे लाईट बरामद गरेको थियो । यी सामाग्री खरिद गर्ने दिपक गुप्ता र राज कुमार गुप्ता समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको गुरुङ ले बताउनु भयो । जफत भएका सामानको मुल्य करिब करिब ७ लाख बढी रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ ।
यसरी समातियो ।
गत कार्तिक १४ गते कपिलवस्तु नगरपालिका वडा ९ बण्डौली घर भई हाल बाणगंगा नगरपालिका वडा नं ७ कोईली बनगाई बस्ने नारायण प्रसाद पाण्डेको घरमा सट्टर भाडामा लिई सुपा देउराली मोबाईल पसल संचालक महेन्द्र थारुको पसलमा चोरीका भएका साउण्ड सिस्टम सेट खरिद बिक्री भईरहेको छ भन्ने गोप्य सुचना पिपरा प्रहरीले पायो । तयसैको जगमा टेकेर प्रहरीले यस्ता खाले चोरलाई समातेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७८ शनिबार ००:००  ७ : ०२ बजे