काठमाण्डौँ ।
विभिन्न मौलिक चाडवाड, सभ्यता तथा संस्कारका धनी नेवाः समूदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ । तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो ।
कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नकालागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।
यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ’जाकि सिन्ह’ भनिन्छि । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि सौगन दिने चलन रहेको छ ।
पञ्चतत्वको सौगन दिनेदेखि पुजा गर्ने र आफ्नो भाईको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताकालागि नेवा समूदायमा तिहार प्रसिद्ध छ । यस वर्षको तिहार र किजा पूजाको रौनकमा केहि कमी नहोला तर कोरोना स्वास्थ जोखिमका कारणले धेरै यात्रा अनि भेटघाटहरु आगामी वर्षका लागि थाती राखिने भनें पक्का छ । माया बढोस्, संक्रमण घटोस् अनि मुस्कान कायम होस् ।
प्रतिक्रिया