काडमाण्डौँ ।
यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली मालाले आफ्ना दाजु भाई लाई पुजा गर्ने गर्दछन् ।
साथै आजको दिनमा दिदी बहिनीले सप्तरंगी टिका लगाइदिने साथै दिदी बहिनीले दाजुभाई लाई कटुस, ओखर नरिवल मिस्ठान्न परिकार र सेलरोटी दिने प्रचलन रहेको छ ।
त्यस्तै आजको दिनमा दिदी बहिनीले दाजुभाई लाई पुजा गरिसकेपछी दाजुभाईले पनि दिदी बहिनीलाई टिकाका साथमा आफ्नो गच्छ अनुसारको दक्षीण र उपहार दिने चलन रहिआएको छ ।
सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।
भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
भाइटीकाको शुभसाइत कति बजे ?
आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ–आफ्नै तरिकाले मनाउने चलन छ ।
भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको आज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्शिवाद हामीलाई लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस् । रेडियो मायादेवीको तर्फबाट शुभकामना ।
प्रतिक्रिया