मायादेवी अनलाइन, वाणगंगा ।
गएको बर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीले तिहार पर्व सुनसान थियो । देउसी भैलो कतै खेलेको देखिदैन्थ्यो भने सर्वसाधारणको आवतजावत पनि कम थियो ।
यो बर्ष भने देउसी भैलोको रौनक गुन्जिन थालेको छ । यद्यपि कपिलवस्तु प्रशासनले देउसी भैलो खेल्न अंकुश लगाएको छ । खेल्न अनुमति दिए पनि कडा नियमको अंकुश लगाएपछि धेरैले यस निर्णय अव्यवहारिक भएको भनी आलोचना गरेका छन् ।
प्रशासनको नियम अनुसार विहान ८ बजेदेखि राति ८ बजेसम्म देउसी खेल्न समय दिइएको छ । जिल्ला सुरक्षा समितिले बनाएको फारम भरेर मात्र भैली खेल्न अनुरोध गरिएको छ । फारम नभरी भैली खेल्ने समूहलाई नियन्त्रणमा ल्याइने प्रहरीले जनाएको छ ।
यो निर्णयको जनस्तरबाट भने आलोचना भएको हो । तिहारको संस्कृतिलाई नै लोप गराउने गरी अव्यवहारिक निर्णय गरिएको भनी जनस्तरको आलोचना भएको छ । उनीहरुले कम्तिमा पनि राति १० बजेसम्म देउसी भैली खेल्न पाउनु पर्ने माग राखेका छन् ।
प्रतिक्रिया